मोटरसाइकलसहित बिष्फोटक पदार्थ बरामद

मोटरसाइकलसहित बिष्फोटक पदार्थ बरामद

बुटवल । प्रहरीले गुल्मीको रेसुङ्गा नगरपालिका-३ स्थित स‌ंरक्षित वनको गौशला क्षेत्रबाट दुई वटा मोटरसाइकलसहित बिष्फोटक पदार्थ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले शनिबार राति लु. ३६ प ४८५६ र लु. १६ प १९१७ नम्बरको मोटरसाइकलसहित बिष्फोटक पदार्थ बरामद भएको हो ।

प्रहरीको टोलीलाई देखेपछि घटना स्थलबाट मोटरसाइकल छोडेर मानिहरु फरार रहेको गुल्मी प्रहरीले जनाएको छ । मोटरसाइकलको लेगार्डमा रहेका २ वटा झोलाभित्र बिष्फोट पदार्थ, बिभिन्न इलेक्ट्रोनिक्स सामान र पन्छी प्रजातिको भुत्ला समेत बरामद भएको डीएसपी पन्तले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार