दसैंमा घर आउनेले ७ दिन क्वारेन्टिन बस्नुपर्ने

दसैंमा घर आउनेले ७ दिन क्वारेन्टिन बस्नुपर्ने

काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिका वडा नं. ४ फुजेलले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै दसैं तिहारमा गाउँ आउनेका लागि कडा नियम लागू गरेको छ। वडाले सर्वदलीय बैठक गरी यस्तो नियम लगाएको हो।

जिल्ला बाहिर बाट गाउँमा दसैंका लागि आउनेहरू असोज ३० भित्र आइसक्नुपर्ने र एक साता होम क्वारेन्टिन बस्नुपर्ने गरी गाउँपालिकाको वडा नम्बर ४ फुजेलले यस्तो नियम लगाएको हो। वडाले विदेशबाट आउनेहरूले अनिवार्य रूपमा पिसिआर रिपोर्ट देखाउनुपर्ने नियम छ। यस बर्ष दशैमा वडाले पिङ हाल्न, जुवातास खेल्न पनि रोकेको छ।

यस्तै चाडपर्व विशेष किनमेल असोज ३० भित्र सक्न पनि वडाले आग्रह गरेको हो। वडा सचिव कमल खनालले आइतबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको भन्दै सूचना निकालेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार