आठबीसकोटमा माटोको ढिस्कोले पुरिँदा एक जनाको ज्यान गयो

आठबीसकोटमा माटोको ढिस्कोले पुरिँदा एक जनाको ज्यान गयो

मुसिकोट । रुकुम पश्चिममा माटोको ढिस्कोले पुरिँदा एक जनाको ज्यान गएको छ । दशैको लागि घर लिप्ने माटो लिन गएकी आठबीसकोट नगरपालिका ९ की ३५ वर्षिया शुसिला नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । अरु तीन जना घाइते भएका छन ।

घाइते हुनेहरुमा सोहि वडाका २९ वर्षिया निर्मला चदाँरा, १५ वर्षिया प्रतिमा बिक र ४५ वर्षिया गिता बटाला रहेका छन । उनीहरुको राडीमा रहेको नगर अस्पतालमा उपचार भैरहेको प्रहरी निरीक्षक हरि बहादुर ओलीले जानकारी दिनुभयो । मृतक नेपालीको शब भने पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले पठाइएको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार