डिउटीबाटै दुई प्रहरी वेपत्ता, विस्तृत विवरण आउन बाँकी

डिउटीबाटै दुई प्रहरी वेपत्ता, विस्तृत विवरण आउन बाँकी

काठमाडौँ । धनगढीमा अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी वेपत्ता भएका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद शनिबार साँझदेखि वेपत्ता भएका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले उनीहरु दुवै जना डिउटीमा खटिएका बेला वेपत्ता भएको जानकारी दिए । यसैबीच नेपाल भारत सीमा नजिकै मोहना नदीमा एक जनाको शव फेला परेको छ । नदीमा घोप्टो अवस्थामा रहेको शवको पहिचान भने नभएको प्रहरी वरिष्ठ उपरिक्षक सिहले बताए ।

उक्त शव वेपत्ता प्रहरीकै हुनसक्ने अनुमान गरिएको छ । अहिले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदी पनि घटनास्थल पुगेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार