गगन थापासहित ३ सांसदद्वारा दसैँ भत्ता फिर्ता गर्ने संसद सचिवालयमा निवेदन दर्ता

गगन थापासहित ३ सांसदद्वारा दसैँ भत्ता फिर्ता गर्ने संसद सचिवालयमा निवेदन दर्ता

काठमाडौं । चौतर्फि आलोचना भएपछि ५ जना सांसदले दसैँत्ता फिर्ता गरेका छन्। कोरोना महामारीका बीचमा पनि दसैँ भत्ता लिएको भन्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासहित सांसदहरू गगन थापा, बालकृष्ण खाँडले, नारायणकाजी श्रेष्ठ र भीम रावलले दसैँ भत्ता फिर्ता भएका छन्।

संसद सचिवालयका प्रवक्ता रोजताथ पाण्डेका अनुसार तिमल्सिना, थापा र रावलले आफू र आफ्नो स्वकीय सचिवको नाममा आएको दसैँ भत्ता औपचारिक रुपमा फिर्ता गर्न निवेदन दिएका छन्। उनीहरुले दिएकाे निवेदन संसद सचिवालयमा दर्ता भएको छ। उनीहरुबाट भत्ता रकम बराबरका चेक लिने तयारी संसद सचिवालयले गरेको छ।

यस्तै नारायणकाजी श्रेष्ठ र बालकृष्ण खाँडले पनि दसैँभत्ता फिर्ता गर्न निवेदन दिएको सार्वजनिक गरेका छन्। सांसद जनार्दन शर्माले आफूले पाएका भत्ता सहिद परिवारको उपचारमा दिने घोषणाा गरेका छन्। सांसदहरूको एक महिनाको तलब ६५ हजार रुपैयाँ हुन्छ।

दसैँ भत्ता बापत सांसदहरूको खातामा एक महिनाको तलब बराबरको रकम सांसदहरूका खातामा पठाइएको थियो। महामारीका बेला पनि भत्ता लिएको भन्दै आलोचना भएपछि सांसदहरू फिर्ता गरेको घोषणा गर्न थालेका हुन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार