सरकारको प्रवक्तामा मन्त्री गुरुङ

सरकारको प्रवक्तामा मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकिएको छ । यसअघि परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञावली प्रवक्ताको भूमिकामा थिए। मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।

गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । गुरुङ वर्तमान ओली सरकारका चौथो प्रवक्ता हुन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गएको असोज २८ मा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि प्रवक्तासमेत तोकिएका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार