दाङका ७० वर्षीय कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

दाङका ७० वर्षीय कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

काठमाडौँ । दाङकाे घोराहीका एक कोरोना संक्रमित पुरुषको शनिबार विहान बाँकेमा मृत्यु भएको छ। घोराही उपमहानगरपालिका-४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिबार विहान ५ बजे मृत्यु भएको छ।

बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका उनलाई कात्तिक ११ गते आइसियूमा भर्ना गरिएको थियो। आशंका लागेर स्वाब परीक्षण गर्दा उनलाई कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो।

यो सँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जनाको मृत्यु भएको छ। यो अवधिसम्म बाँके जिल्लाका मात्रै थप ३० जनाको मृत्यु भइसकेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार