कोरोना संक्रमित वडाध्यक्षको निधन

कोरोना संक्रमित वडाध्यक्षको निधन

धनगढी । कोरोना संक्रमणका कारण कैलालीको गौरीगंगा नगरपालिकाका एक वडाध्यक्षको निधनभएको छ। जिल्लाको गौरीगंगा – ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

नेकपाका जिल्ला कमिटी सदस्य दीर्घ जोशीका अनुसार ६३ वर्षीय शाहको शुक्रबार बिहान ६ः२५ बजे मृत्यु भएको हो । शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार