दाङमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

दाङमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं । दाङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका- १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार बिहान अन्दाजी ४० वर्षीया ती महिलाको मृत्यु भएको हो।

बिहान ६ बजेतिर विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी ती महिलालाई लमही अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काकाले ठक्कर दिएर भागेको ट्रकलाई प्रहरीले लमही ९ रिहारबाट नियन्त्रणमा लिएको जानकारी दिए।
अहिलेसम्म मृतकको पहिचान खुल्न नसकेको खड्काले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार