बाँकेमा दुई कोरोना संक्रमितको मृत्यु

बाँकेमा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप २ जनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका–२ कञ्चनपुरका ३० वर्षका पुरुषको आइतबार विहान साढे ८ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

कात्तिक २३ गते अस्पताल भर्ना भएका उनमा २७ गते संक्रमण पुष्टि भएको थियो ।

यस्तै भजनी नगरपालिका–८ कैलालीका ६५ वर्षका पुरुषको शनिबार राति १०ः५० बजे भेरी अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमणको लक्षण देखिएपछि कात्तिक २१ गते टीकापुर अस्पताल भर्ना भएका उनलाई २२ गते संक्रमण पुष्टि भएको भएको थियो ।              उनमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार