कांग्रेस नेता मीन विश्वकर्मा ३६ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज

कांग्रेस नेता मीन विश्वकर्मा ३६ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कोरोना भाइरस बाट गम्भीर विरामी परेका कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व वाणिज्य मीन विश्वकर्मा ३६ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणका कारण पछिल्लो समय ग्राण्डी इन्टरनेस्नलमा उपचाररत विश्वकर्मालाई आइतबार अपराहान्न अस्पतालले डिस्चार्ज गरेको  विश्वकर्माका स्वकीय सचिव टेकबहादुर विकले जानकारी दिए ।

उनलाई कात्तिक १ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि उनी ८ दिनसम्म होम आइसोलेसनमा बसेका थिए । तर, कोरोनाले श्वासप्रश्वासमा समस्या भएपछि उनी ९ कात्तिकमा वीर अस्पतालमा भर्ना भए ।

तीन दिन वीरमा उपचार गराएपछि विश्वकर्मालाई थप उपचारका लागि ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई श्वासप्रश्वासमा समस्या र निमोनिया भएको थियो । १५ कात्तिकदेखि एक हप्तासम्म भेन्टिलेटरमा राखेर निकालेपछि विश्वकर्माको अवस्था सुधारोन्मुख हुँदै गएको थियो । १८ कात्तिकमा भेन्टिलेटरमै भएको बेला विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो भने फोक्सोले काम गर्न थालेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार