८२१ जनामा कोरोना संक्रमण पुष्टि, १८ को मृत्यु

८२१ जनामा कोरोना संक्रमण पुष्टि, १८ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिला ३१७ र पुरुष ५०४ रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४२ जना निको हुनुका साथै १८ जनाको मृत्यु समेत भएको छ ।

मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख ४९ हजार २४४ र निको हुनेको संख्या २ लाख ३६ हजार ५७३ जना पुगेको छ । यस्तै हाल देशभर १० हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९४.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ४२३ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो समय परीक्षण दर घट्दै गएपछि संक्रमित पनि घट्दै गएको पाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार