दिल्लीमा सुरू भयो चालकरहित मेट्रो सेवा

दिल्लीमा सुरू भयो चालकरहित मेट्रो सेवा

भारतको राजधानी नयाँ दिल्लीमा चालकरहित मेट्रो सेवा सुरू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको पहिलो चालकरहित मेट्रोलाई हरियो झण्डा देखाउँदै सेवाको उद्घाटन गरेका हुन्। यो सेवा पहिलो चरणमा ३८ किलोमिटर चल्नेछ।

३ सय ९० किलोमिटरमा फैलिएको दिल्लीको मेट्रो सेवाले आसपासका नोएडा, गुरूग्राम, फरीदाबाद, गाजियाबाद जस्ता शहरहरूलाई जोड्छ।

दिल्लीको मेट्रो भारतकै सबैभन्दा ठूलो मेट्रो सेवा हो। सन् २००२ बाट सुरू भएको मेट्रो सेवालाई पछिल्लोपटक चालकरहित बनाउन कानुनसमेत संशोधन गरिएको छ। यसअघि कानुनमा चालकरहित रेल सेवाको प्रावधान थिएन।

चालकरहित सेवा सुरू गरिएको जनाइए पनि हालका लागि मेट्रो अपरेटर रहनेछन्। केही समयपछि मेट्रोमा हुनसक्ने हरप्रकारका गडबडीलाई पहिचान गर्ने क्यामरा जडान गर्ने काम सकिएपछि भने मेट्रोबाट अपरेटरलाई हटाइनेछ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार