बाँकेमा एकजना प्रहरी सहित ५० जना क्वारेन्टाइनमा

बाँकेमा एकजना प्रहरी सहित ५० जना क्वारेन्टाइनमा

नेपालगञ्ज – बाँकेमा एकजना प्रहरीसहित ५० जनालाई क्वारेन्टाइनमा राखिएको छ । नेपालगञ्जको जमुनाहा नाकामा डिउटीमा रहेका एकजना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।

उनलाई धम्बोझीस्थित सामार्थ इन होटलमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । सरकारले लकडाउन गरेपनि प्रहरीलाई बाहिर निस्किनु पर्ने बाध्यता रहेको छ । केही दिनदेखि ज्वरो आएपछि प्रहरी जवानलाई क्वारेन्टाइनमा राखिएको हो ।

भारतबाट आएका ठूलो संख्यालाई जाँच गर्ने, नाम, ठेगाना टिप्नेलगायतका कार्यमा खटिएका प्रहरीलाई आवश्यक सामग्रीसमेत उपलब्ध गराइएको थिएन । प्रहरी ब्यारेकमा बस्ने भएकाले जोखिम बढ्ने गर्दछ ।

बाँकेमा अहिले ५० जना क्वारेन्टाइनमा बसेका छन् । नेपालगञ्जमा १४ जना, राधापुरमा २१ जना र जानकीमा १५ जना क्वारेन्टाइनमा बसेका छन् । विशेष गरेर विदेशबाट आएका व्यक्तिलाई खोजी खोजी क्वारेन्टाइनमा राख्ने अभियान चलाइएको छ ।

बाँकेका अहिलेसम्म २३ जनाको स्याम्पल काठमाडौं पठाइएको छ । त्यसमध्येमा सात जनाको नेगेभिट आएको छ । अरुको रिपोर्ट आइसकेको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार