खेलकुद सामग्री हस्तान्तरण

खेलकुद सामग्री हस्तान्तरण

मुसीकोट । जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमले तेक्वान्दो र कराँतेका खेलाडीहरुका लागि खेलकुद सामग्री हस्तान्तरण गरेको छ । आईतबार खलंगाका तेक्वान्दो र कराँतेका एक/एक डोजाङलाई आवश्यक खेलकुद सामग्री जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले हस्तान्तरण गर्नुभएको हो ।

जिल्ला तेक्वान्दो संघका अध्यक्ष भद्र खड्का, कराँते संघका जिल्ला अध्यक्ष चुडामणी पुन र खेलाडीलाई सयुंक्त रुपमा उक्त सामग्री हस्तान्तरण गरिएको जनाईएको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेशकुमार शर्माका अनुसार तेक्वान्दो खेलाडीका लागि डेह गार्ड ६ वटा, चेष्ट गार्ड ६ वटा, किक गार्ड ६ वटा र ग्वाइन गार्ड ६ वटा हस्तान्तरण गरिएको छ ।

यस्तै अध्यक्ष शर्मामा अनुसार कराँतेतर्फ प्याड, ग्वलवस, सिन गार्ड र गौरी गार्ड प्रदान गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार