विश्व रेडक्रस दिवसको अवसरमा फलफुल वितरण

विश्व रेडक्रस दिवसको अवसरमा फलफुल वितरण

फलफूल वितरण गर्दै सभापति रमा गौतम

मुसिकोट । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पश्चिमले जिल्ला अस्पतालमा रहेका विरामिहरुलाई फलफुल वितरण गरेको छ । विश्व रेडक्रस दिवसको अवसरमा जिल्ला शाखाले अस्पतालमा रहेका विरामिलाई फलफुल वितरण गरेको हो ।

अस्पतालमा रहेका ७ जना विरामि र उनीहरुका कुरुवाहरुलाई फलफुल वितरण गरिएको छ । आईतबार जिल्ला अस्पतालमा पुगेर विरामि र उनीहरुका कुरुवालाई फलफुल वितरण गरिएको जिल्ला शाखा कोषाध्यक्ष यज्ञ बहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार दिवसको अवसरमा अन्य कार्यक्रम भने गरिएको छैन ।

फलफुल वितरण कार्यक्रममा नेपाल रेडक्रसका कर्णाली प्रदेश कोषाध्यक्ष नरबहादुर नेपाली, जिल्ला सभापति रमा गौतम, कोषाध्यक्ष यज्ञ बहादुर केसी, जिल्ला अस्पतालका डाक्टर भिमकान्त जैसी, नेपाल पत्रकार महासंघका रुकुम शाखा सदस्य परिचन्द्र खत्री लगायतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार