समाजवादी निकट बिद्यार्थी संगठनमा हुकुम, युवा संघमा दिपेश

समाजवादी निकट बिद्यार्थी संगठनमा हुकुम, युवा संघमा दिपेश

मुसिकोट । नेपाल कम्युनिष्ट पार्टी (एकिृकत समाजवादी) निकट बिद्यार्थी संगठन अनेरास्ववियु र युवा संगठन युवा संघको प्रथम जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार खंलगामा सम्पन्न भएको छ ।

भेलाले बिद्यार्थी र युवा संघको नयाँ कमिटि निर्माण गरेको छ । बिद्यार्थीको जिल्ला अध्यक्षमा हुकुम विसी चयन हुनुभएको छ । उपाध्यक्षमा भावना शर्मा, सचिवमा प्रेमप्रकाश खत्री, सह–सचिवमा नविन शर्मा र बसन्त शर्मा र कोषाध्यक्षमा रमेश मल्ल चयन हुनुभएको छ ।

बिद्यार्थिको जिल्ला कमिटि ५१ सदस्यीय रहेको नवनिर्वाचित सचिव प्रेमप्रकाश खत्रीले जानकारी दिनुभयो ।

युवा संघमा दिपेश
त्यस्तै युवा संघको जिल्ला अध्यक्षमा दिपेश बाँठा चयन हुनुभएको छ । जसको उपाध्यक्ष भरतकुमार पुन, सचिवमा सर्वजित खड्का, सह–सचिवमा मनमोहन भारती, बालिका महतारा, दिपककमाुर खड्का र कोषाध्यक्षमा पवन पाण्डे रहुनभएको छ । युवा संघ पनि ५१ सदस्यीय रहेको छ ।

पिभिको ईन्चार्ज चुडामणी
त्यस्तै पिपुल भोलिन्टिएर(पिभि)को पनि जिल्ला कमिटि निर्माण गरिएको छ । जसकोे जिल्ला ईञ्चार्जमा चुडामणि पुन रहनुभएको छ । जिल्ला अध्यक्षमा कर्णबहादुर रोका, उपाध्यक्षमा खम्बु मल्ल, सचिवमा गोविन्द पाण्डे, सह–सचिवमा ताराप्रशाद घर्ती र कोषाध्यक्षमा उदयकुमार पुन रहनुभएको छ । पिभिको जिल्ला कमिटि सदस्यमा ५१ जना रहेका छन् ।

अखिल फोर्समा रमेश
भेलाले नविन शर्माको अध्यक्षतामा अखिल फोर्सको जिल्ला कमिटि पनि निर्माण गरेको छ । जसको सचिवमा रमेश मल्ल रहनुभएको छ । कमिटि ४५ सदस्यीय रहेको छ ।
त्यस्तै राष्ट्रिय जनसाँकृतिक महासंघको अध्यक्षमा खेममान खड्का चयन हुनुभएको छ भने खेलकुद बिभागको अध्यक्षमा चुडामणि पुन रहनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार