आज प्रदेश २ मा सार्वजनिक बिदा

आज प्रदेश २ मा सार्वजनिक बिदा

काठमाडौँ । प्रदेश नम्बर २ को सरकारले सोमबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । सोमबार आज बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ ।

मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ । बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मनाइँदै आइएको छ ।

यस वर्ष भने प्रदेश २ का विभिन्न ठाउँमा दिवस मनाइने बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार