लिभरपुलको अपराजित यात्रा टुंगियो

लिभरपुलको अपराजित यात्रा टुंगियो

काठमाडौँ । घरेलु मैदानमा इंग्लिस प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा टुंगिएको छ । घरेलु मैदानमा भएका ६८ खेलमा लगातार अपराजित गरेको लिभरपुल लिग अन्तर्गत बिहीबार राति भएको खेलमा बर्नलीसँग पराजित भएको हो ।

बर्नलीले लिभरपुललाई १–० ले पराजित गरेको हो । बर्नलीको जितमा ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा बार्नेसले गरेको गोल नै निर्णायक बन्यो । पराजित भएको लिभरपुल १९ खेलबाट ३४ अंकसहित चौथो स्थानमा छ । जित निकालेको बर्नली १८ खेलबाट १९ अंकसहित १६ औँ स्थानमा उक्लिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार