चैत्र १७ दाङ
जिल्ला प्रशासन कार्यालय दाङले कोठा लिएर भाडामा बसेका स्वास्थ्यकर्मीहरुलाई कोठा छोड्न दवाव दिए घर ननिलाई कारवाही गर्ने बताएको छ ।
आज प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले एक विज्ञप्ती गर्दै करोना भाइरस९कोभिड–१९ ० को जोखिमको अबस्थामा पनि विरामीको सेवा दिन दिनरात खटिएका स्वास्थ्यकर्मीहरुलाई कोठा छोड्न दवाव दिने गरेको गुनासो आएको भन्दै त्यसो गरे घरधनीलाई कानुन वमोजिम कारवाही गरिने बताउनु भएको छ ।
साथै विज्ञप्तीमा कोठा भाडामा लिई बसेका विद्यार्थीहरुलाई पनि त्यस्तो दवाव दिने गरिएको भन्दै यस्तो कार्य नगर्न निर्देशन दिइएको हो ।