नेपालमा ई–सेवा खाता खोल्नेको सङ्ख्या ४० लाख

नेपालमा ई–सेवा खाता खोल्नेको सङ्ख्या ४० लाख

काठमाडौँ । नेपालमा ई–सेवा प्रयोगकर्ताको सङ्ख्या ४० लाख नाघेको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई–सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको सङ्ख्या ४० लाख नाघेको हो ।

यसैगरी अप्रत्यक्ष रूपमा झण्डै एक करोड ५० लाख जनसङ्ख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् । अहिले ई–सेवाका देशभर करिब एक लाखभन्दा बढी एजेण्ट   (ई–सेवा जोन तथा पोइन्ट) रहेका छन् ।

अहिले ई–सेवामा मर्चेन्टको सङ्ख्या एक लाख ८५ हजार नाघिसकेको छ । तीन जना युवाको परिकल्पनाबाट सुरु भएको एफवानसफ्ट कम्पनीअन्तर्गत ई–सेवासँगै झण्डै एक दर्जन कम्पनी सञ्चालनमा छन् । यस ग्रुपले अहिले एक हजारभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी दिएको छ ।

ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले भन्नुभयो, ‘कुराकानीका लागि मात्र सीमित भएको मोबाइललाई हामीले वित्तीय कारोबार गर्ने महत्त्वपूर्ण माध्यम बनाउन सफल भएका छौँ । आउँदा दिनमा ई–सेवालाई भुक्तानीका लागि मात्र नभएर आर्थिक कारोबारको वान स्टप सोलुशनका रूपमा विकास गर्दै लैजानेछौँ ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार