बिहीबार सुनको मूल्यमा सामान्य गिरावट

बिहीबार सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । सुनको मूल्यमा बिहीबार सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार एक सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि एक सय रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार