दाङमा कृषि बीमा अभिकर्ता विकास तालिम सुरु

दाङमा कृषि बीमा अभिकर्ता विकास तालिम सुरु

घोराही। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, दाङको आयोजनामा कृषि बीमा अभिकर्ता विकास तालिम घोराहीमा शुरु भएको छ । तीन दिन सम्म सञ्चालन हुने तालिममा तीन वटा समुहमा गरि ८५ जना कृषि प्राविधिकहरुको सहभागिता रहेको छ ।

तालिम उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले कृषिको व्यवसायीकरण नगरिकन मुलुकको अर्थतन्त्र सबल नहुने बताएका छन । उनीहरुले सरकारले किसानलाई बाली बीमामा अनुदान दिएको र कृषकले पनि उक्त अवसरको प्रयोग गरि कृषि उपजको जोखिम न्यूनिकरण गरि व्यवसायीक रुपमा कृषि पेशा अगाल्नुपर्नेमा जोड दिएका थिए ।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति दाङका सभापति जितेन्द्रमान नेपाली, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन, परियोजना कार्यान्वयन इकाई, दाङका प्रमुख महेश रेग्मी, कृृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धिताल, परियोजना कार्यान्वयन इकाई, दाङका योजना अधिकृत कुसुम भुसाल लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन परियोजना कार्यान्वयन इकाई दाङका प्रास गणेश बहादर थापाले गर्नुभएको थियो ।

उक्त तालिममा बीमा समितिका सहायक निर्देशक बिनोद कुमार पोख्रेल, कृषि विभागमा बरिष्ठ योजना अधिकृत सन्तोषराज पौडेल र परियोजना कार्यान्वयन इकाई पाल्लाका बरिष्ठ कृषि अधिकृत दिपक भट्टराईले परिक्षण दिइरहनु भएको छ । तालिममा दाङ जिल्लाका दश वटै स्थानीय तहबाट कृषि प्राविधिकहरु सहभागि भएका छन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार