रियल मड्रिडलाई बेन्जिमाले जिताए

रियल मड्रिडलाई बेन्जिमाले जिताए

उपाधि होडमा आफूलाई प्रमुख दाबेदारका रुपमा प्रस्तुत गर्दै आएको रियल मड्रिडले स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एल्चीलाई २–१ ले पराजित गरेको हो ।

रियल मड्रिडका लागि दुवै गोल करिम बेन्जिमाले गरेका हुन् । उनले ७३ र इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा गोल गरे । एल्चीका लागि ६१ औँ मिनेटमा काल्भो सान्रोमनले गोल गरेका हुन् । पछि परेको रियल मड्रिडका लागि बेन्जिमाले ७३ औँ मिनेटमा बराबरी गोल गरे भने इन्जुरी समयको पहिलो गोलले जित दिलायो ।

जितपछि रियल मड्रिडले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी ६ बनाएको छ । दोस्रो स्थानको उसको २७ खेलबाट ५७ तथा शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ६३ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ५६ अंकसहित तेस्रो स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा एलाभेस र काडिजले १–१ तथा ओसासुना र रियल भालाडोलिडले गोलरहित बराबरी खेलेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार