कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ सम्म गर्ने निर्णय

कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ सम्म गर्ने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले १४औँ महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो ।

कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका–नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ ।

त्यस्तै, प्रदेश अधिवेशन भदौ १ र २ गरिने निर्णय गरिएको पनि नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले जानकारी दिए ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार