रुकुम पश्चिममा असार १७ सम्म निषेधाज्ञा थप

रुकुम पश्चिममा असार १७ सम्म निषेधाज्ञा थप

मुसिकोट । रुकुम पश्चिममा जारी गरिएको निषेधाज्ञा पुनः थप गरिएको छ । यस अघि असार १० गते सम्म जारी गरिएको निषेधाज्ञा असार १७ गते सम्म लम्ब्याईएको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेका अनुसार कोरोना संक्रमणको जोखिम कायमै रहेकोले एक हप्ता निषेधाज्ञा थप गरिएको हो । आज बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा असार १७ गते राति १२ बजे सम्म थप गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार आजको बैठकले केहि व्यापार व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस अघिको निषेधाज्ञा अवधिमा दैनिक उपभोग्य सामाग्रीका लागि गरिएको बिहान ६ बजे देखि १० बजे खोल्ने निर्णय यथावत रहेको छ भने अब देखि बिहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म फेन्सी, कस्मेटिक पसल, सुनचाँदि पसल, भाडा पसल खुला रहने सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाले बताउनुभयो । उहाँका अनुसार सैलुन, व्युटिपार्लर, होटेल, रेष्टुरेन्टहरु भने बन्द नै रहनेछन् । हार्डवेयर पसलहरु पनि दिउँसो ३ बजे देखि बेलुका ७ बजे सम्म सञ्चालन हुनेछन् ।

जिल्लामा अहिले सम्म ६ हजार ४ सय जनाको कोरोना परिक्षण गर्दा २ हजार २ सय संक्रमित भएको र २८ जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो । उहाँका अनुसार हाल जिल्लामा १ सय ३८ जना सक्रिय संमित रहेका छन् । समग्र रुपमा जिल्लामा संक्रमणदर कम भएपतापनि ग्रामिण क्षेत्रमा संक्रमणको दर कायमै रहकोले निषेधाज्ञा थप गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार