कर्मचारी सम्मानित

कर्मचारी सम्मानित

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ ले उत्कृष्ट काम गर्ने २ जना कर्मचारीलाई सम्मान गरेको छ । आज गाउँपालिकाको वडा नम्बर २ को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडा कार्यालयमा कार्यरत कार्यालय सहायक कमला बोहरा र आधारभूत स्वास्थ्य सेवा केन्द्र गिठाकोटमा कार्यरत अहेब प्रकाश चन्दलाई नगत रु १० हजार तथा सम्मान पत्र सहित सम्मान गरेको हो ।

वडा अध्यक्ष धर्म बहादुर पुनको अध्यक्षतामा कार्यक्रम संचालन गरी वर्ष भरी आफ्नो जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गरेको आधारमा उहाँ हरुलाई सम्मान गरिएको वडा अध्यक्ष पुनले बताउनुभयो । कर्मचारीको कामलाई आफुहरुले मूल्याकण गरिरहेको र आगामी दिनहरुमा पनि मूल्यांकणको आधारमा अन्य कर्मचारीहरुलाई पनि सम्मान गरिने अध्यक्ष पुनको भनाइ रहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार