काँग्रेस रुकुमको बन्द सत्र सकियो, सहमतिबाटै नेतृत्व सार्वजनिक हुदै

सहमतिको लागि एक कार्यदल गठन

काँग्रेस रुकुमको बन्द सत्र सकियो, सहमतिबाटै नेतृत्व सार्वजनिक हुदै

सहमतिको लागि एक कार्यदल गठन

मुसिकोट । नेपाली कांग्रेस रुकुम पश्चिमको सातौं जिल्ला अधिवेशन अन्तर्गत बन्द शत्र समापन भएको छ । बिहानै बाट सुरु हुने भनिएको बन्द सत्रको कार्यक्रम महिला संघद्धारा आयोजित चियापान कार्यक्रम जुधेर दिउँसो अवेर सुरु भएको हो ।

सदरमुकाम खलंगा स्थित शिशिर होटेलमा बन्द सत्र चलेको हो । बन्द शत्रमा पार्टीको गतिविधिका समिक्षा, नयाँ योजना निर्माण, कार्यान्वयन र नीतिका विषयमा छलफल भएको बताइएको छ ।

बन्द सत्र पश्चात सहमतिबाटै सबै तहको नेतृत्व टुग्याउन अहिले बैठक भैरहेको निवर्तमान पार्टी सभापति प्रेम प्रकाश ओलीले बताउनुभयो ।

उहाँका अनुसार बन्द सत्रले सहमतिको लागि एक कार्यदल गठन गरेको छ । पूर्वराज्य मन्त्री गोपाल पजजंग शाहको संयोजकत्वमा बनाएको कार्यदलमा नेताहरु मानबहादुर नेपाली, प्रेमप्रकाश ओली र कृष्णबहादुर रोकाय हुनुहुन्छ । कार्यदलले सहजिकरण गर्नको लागि ६ ओटा पालिकाका सभापतिहरुलाई आमन्त्रण गर्ने जनाईएको छ ।

बैठक लगत्तै सहमति गरेर नयाँ नेतृत्व सार्वजनिक हुने बताईएको छ ।

सातौ जिल्ला अधिवेशनले जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्य समिति र प्रदेश प्रतिनिधि छनौट गर्नेछ । हिजो सोमबार मुसिकोटमा सातौ अधिववेशन भव्य रुपमा उद्घाटन भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार