बलात्कारको आरोप लागेका फरार प्रतिवादी पक्राउ

बलात्कारको आरोप लागेका फरार प्रतिवादी पक्राउ

मुसिकोट । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बलात्कार आरोपमा फरार एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आठविसकोट नगरपालिका वडा नं. १० मारीकाट्टेका १९ बर्षिय खड्क बहादुर परियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

परियारले गत असार १८ गते राती १ बजे को समयमा घरमा सुतिरहेकी २४ बर्षिय एक महिलालाई कोठामा गएर जवरस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
त्यस सम्बन्धि उजुरी प्राप्त भएको र आरोपी फरार रहेका थिए ।

फरार रहेको प्रतिवादीको खोजतलासको क्रममा आज निजकै घर वतनमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताउनुभयो ।

आरोपी परियारलाई प्रहरी कार्यालयको हिरासत कक्षमा राखि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार