नेपालमा कोरोनाभाइरसको संक्रमणबाट संक्रमित हुनेहरुको संख्या घटेको छ। पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५३८ पीसीआर परीक्षणमा १९८ जना र तीन हजार ५५८ एन्टिजेन परीक्षणमा १५२ जना गरी ३५० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा ५१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि कास्कीमा २२, कैलालीमा ९, लमजुङमा ८, झापा, ललितपुर र दाङमा ७/७ जना, रुपन्देही र सर्लाहीमा ६/६ जनामा संक्रमण पुष्टि भएको छ ।