सशस्त्रको निमित्त प्रमुखमा पुष्पराम केसी

सशस्त्रको निमित्त प्रमुखमा पुष्पराम केसी

पुष्पराम केसी सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षक भएका छन्। सोमबार महानिरीक्षक शैलेन्द्र खनाल ४ वर्षे पदावधि पुरा गरेर संगठनबाट बिदा भएपछि वरीयतामा अगाडि रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीले निमित्तको जिम्मेवारी पाएका हुन्।

खनाल २०७४ चैत २९ बाट चार वर्ष सशस्त्रको आईजीपी भए। उनको अवकाशसँगै उनकै ब्याचका दुई जना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन्। अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल आइजीपीका प्रतिस्पर्धी हुन्।

यसैबीच सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार आयोजित विशेष समारोहका बीच उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले फूलमालाका साथ मायाको चिनो प्रदान गरी बिदाइ गरे।

उक्त अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई सङ्गठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरेका थिए।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार