वैशाख ५ काठमाडौं
राष्ट्रपति कार्यालयले चालु आर्थिक बर्ष २०७६ /०७७ मा विभिन्न शीर्षक अन्तर्गत बिनियोजित बजेट मध्यबाट रु ९ करोड ५० लाख रुपैया सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा आज जम्मा गरिएको राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।