मुसिकोटमा संयुक्त बजार अनुगमन

मुसिकोटमा संयुक्त बजार अनुगमन

मुसीकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलगामा बजार अनुगमन गरिएको छ ।

बिहिबार जिल्ला प्रशासन कार्यालय, मुसिकोट नगरपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त आयोजनामा खलंगा बजारमा रहेका बिभिन्न पसलहरुको अनुगमन गरिएको हो ।

खंलगा बजारको बिभिन्न ठाउँका २९ वटा खाद्य तथा किराना पसल, नास्ता पसल, तरकारी तथा फलफुल पसलको अनुगमण गरिएको हो ।

खंलगाको तल्लो वजार, सहिद मैदान, पातुखोलाका पसलहरुको अनुगमण गरिएको र बाँकी स्थानमा रहेका पसलहरुको भोली शुक्रबार अनुगमन गरिने छ ।

अनुगमनको क्रममा कतिपय पसलमा मुल्यसूची नराखेको, दर्ता नविकरण नगरेको, कर चुक्ताको कागजात नभएको साथै म्याद गुज्रिएका सामानहरु समेत फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्काले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार अनुगमनका क्रममा केहि होटल तथा खाजा घरहरुमा खाजाको परिकारमा पनि बिभिन्न अखाद्य रङ प्रयोग गरेको पाईएको छ ।

यस्तै अनुगमन टोलीले तोकीएकै मुल्यमा सामान बिक्रि गर्न निर्देशन दिनुका साथै मुल्यसुचि प्रष्ट देखिने गरि राख्न पनि सुझाव दिइएको छ ।

सयुक्त बजार अनुगमनमा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुन, सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्का, स्वास्थ्य सेवा कार्यालयका डाक्टर भिमकान्त जैसी, कृषि विकास कार्यालयका कृषि अधिकृत महेश बिष्ट, पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्राविधिक शेर बहादुर खड्का, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, रुकुम उद्योग बाणिज्य संघका अध्यक्ष पहलबहादुर खड्का, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रतिनिधि, नगर प्रहरी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार