अब अमेरिकामा प्रवेश गर्दा कोभिड नेगेटिभ प्रमाण नचाहिने

अब अमेरिकामा प्रवेश गर्दा कोभिड नेगेटिभ प्रमाण नचाहिने

अमेरिका प्रवेश गर्न अब कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेश गर्नुनपर्ने भएको छ ।

अमेरिकाले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प्रगति हासिल गरेकाले अमेरिका पुग्ने हवाई यात्रुहरूले अबदेखि कोरोना नेगेटिभ प्रमाण पेश गर्नुपर्ने नियम हटाइएको बताइएको छ । यो नियम आइतबारदेखि नै लागू हुनेछ । भ्रमण उद्योगले यो नीतिको अन्त्यका लागि सरकारमाथि निरन्तर दवाब दिँदै आएको थियो ।

भ्रमण व्यवसायीहरूले यस नीतिका कारण परिवारहरू विदेशमा अलपत्र पर्ने डरले हवाई टिकट बुकिङ गर्न मानिस डराउने गरेको समस्या स्पष्ट पारेका थिए । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी०ले नयाँ नीतिको आगामी नब्बे दिनसम्म पुनस् मूल्यांकन गर्ने बताएको छ ।

अमेरिकाले कोरोना महामारीका कारण विश्वमै सबै भन्दा बढी मानवीय क्षति बेहोरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार