थप ३ जनामा कोरोना संक्रमणको पुष्टि

उजेली न्यूज
प्रकाशित मिति :

थप ३ जनामा कोरोना संक्रमणको पुष्टि

बैशाख १० काठमाडौ
आज थप तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसारका अनुसार २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको हो । तीनै जनालाई उदयपुरको भुल्केस्थित मस्जिदबाट मोरङको टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको थियो।

यसअघि उनीहरूको समूहका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो।  योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ भने त्यसमध्ये सात जना निको भएर फर्किएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार