रुकुमकोट । नेपाल निजामती कर्मचारी युनियन रुकुम पूर्वले रुकुम पूर्व अस्पतालमा उपचारका क्रममा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
आइतबार आफ्नो स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको युनियन रुकुम पूर्वका जिल्ला दशरथ ओलीले जानकारी दिनुभयो ।
अस्पतालमा भर्ना भएका ८ जना बिरामिहरुलाई फलफूल वितरण गरिएको जनाइएको छ ।
यस्तै बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
फलफुल वितरण कार्यक्रममा युनियनका जिल्ला अध्यक्ष दशरथ ओली, केन्द्रिय सदस्य निर्मला शर्मा, युनियन जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

