सशस्त्रमा थपियो एक एआईजीको दरबन्दी

सशस्त्रमा थपियो एक एआईजीको दरबन्दी

सरकारले सशस्त्र प्रहरी बलमा एक एआईजीको दरबन्दी थप गरेको छ। भदौ २१ गते बसेको मन्त्रिपरिषद बैठकले एक एआइजीको दरबन्दी थप गरेको हाे।

एक एआईजी थप गरेको निर्णय अहिलेसम्म गुपचुप राखिएको छ। सशस्त्रमा २ एआइजीको दरबन्दी भएकोमा १ थप भएसँगै ३ पुगेको छ।

कार्य तथा सीमा सुरक्षा विभागलाई अलग अलग गरेर २ वटा विभाग बनाइएको छ। थप भएको एआईजीको दरबन्दी भदौ २७ गते प्रहरी किताबखानामा दर्ता समेत भइसकेको छ। थप भएको १ एआईजी पदमा डीआईजी वंशीधर दाहाललाई बढुवा गर्ने तयारी सरकारको छ।

दाहाल एआइजी भएको अवस्थामा हालका आइजी राजु अर्यालपछि आईजी बन्ने समेत सम्भावना रहन्छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार