रुकुमका वरिष्ठ अधिवक्ता डा. नवराज गौतमको स्मृतिग्रन्थ विमोचन

रुकुमका वरिष्ठ अधिवक्ता डा. नवराज गौतमको स्मृतिग्रन्थ विमोचन

मुुसिकोट । रुकुम जिल्लाको पहिलो पिएचडी वरिष्ठ अधिवक्ता स्वर्गीय डा. नवराज गौतमको स्मृतिग्रन्थ विमोचन गरिएको छ ।

शुक्रबार खलंगास्थित डा. गौतमको घरमै एक कार्यक्रमको आयोजना गरेर पहिलो स्मृति दिवसको अवसरमा स्मृतिग्रन्थ विमोचन गरिएको हो । स्मृतिग्रन्थको जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमले विमोचन गर्नुभयो ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले डा. नवराज गौतम जिल्लामा शिक्षाको ज्योती फैलाउने महान् व्यक्तित्व भएको बताउनुभयो । शैक्षिक, कानूनी तथा समाजकि रुपमा उहाँले दिएको योगदानको उच्च कदर गरिनुपर्ने समन्वय प्रमुख गौतमले जनाउनुभयो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे र पुस्तकका प्रधान सम्पादक कमलमणि देवकोटाले स्वर्गिय डा. गौतम बहुआयामिक व्यक्तित्व भएको र उहाँले सिकाएको पाठ जीवन्न रहिरहने उल्लेख गर्नुभयो ।

स्मृतिग्रन्थको समिक्षा गर्नुहुँदै त्रिभुवन जनता मावि मुसिकोटका प्रधानाध्यापक हरिप्रसाद खनालले स्वर्गीय डा. गौतमको जीवनी पढ्न चाहनेहरुका लागि पुस्तक महत्वपूर्ण पाठ्य सामाग्री रहेको बताउनुभयो ।

३५६ पेज रहेको उक्त पुस्तकको सुरुको खण्डमा वरिष्ठ अधिवक्ता डा. गौतमले लेख तथा रचना, दोश्रो खण्डमा उहाँको बारेमा ९३ जना व्यक्तिहरुले लेखेका योगदान र सम्मरणका कुराहरु रहेका छन् ।

यस्तै आजै वरिष्ठ अधिवक्ता डा. नवराज गौतम स्मृति प्रतिष्ठान समेत उद्घाटन गरिएको छ । स्वर्गिय डा. गौतमले सिकाएका पाठ र लगाएको बाटोबाट समाजलाई थप योगदान दिन प्रतिष्ठान स्थापना गरिएको प्रतिष्ठानका सचिव रामचन्द्र गौतमले जानकारी दिनुभएको छ ।

स्वर्गिय डा. गौतमका सुपुत्र समेत रहनुभएका सचिव गौतमले प्रतिष्ठानबाट बार्षिक १० जनालाई निशुल्क कानूनी सहायता दिने, कानून तथा उच्च शिक्षा अध्ययनमा सहयोग गर्ने, विभिन्न सामाजिक गतिबिधिहरु गर्ने लक्ष्य लिईएको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम स्मृति प्रतिष्ठानकी संरक्षक तथा स्वर्गीय गौतमकी धर्मपत्नी भक्तकुमारी गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन स्वर्गीय गौतमका छोरा अधिवक्ता रामचन्द्र गौतमले गर्नुभएको थियो ।

वि.सं. २०११ सालमा रुकुममा जन्मिनु भएका डा. गौतमको २०७८ असोज २८ गते ६७ बर्षको उमेरमा हृदयघातका कारण काठमाडौंमा देहावसान भएको थियो ।

कार्यक्रमका झलकहरु :

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार