मुसिकोट ५ र ६ नम्बर वडाका विभिन्न योजनाहरुको अनुगमन

मुसिकोट ५ र ६ नम्बर वडाका विभिन्न योजनाहरुको अनुगमन

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले विन्नि योजनाहरुको अनुगमन कार्यलाई तिव्रता दिएको छ । नगरपालिका क्षेत्र भित्र निर्माण सम्पन्न भएका र निर्माणधिन अवस्थामा रहेका विभिन्न योजनाहरुको अनुगमन सुरु गरिएको छ ।

आईतबार नगर प्रमुख महेन्द्र केसी, वडा नम्बर ५ का वडा अध्यक्ष समिरजंग मल्ल, निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्का, लेखा अधिकृत नरेन्द्र बिष्ट, प्राविधिक अमर पान्डे लगायतको टोलीले वडा नम्बर ५ र ५ का विभिन्न योजनाहरुको अनुगमन गरेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काका अनुसार वडा नम्बर ५ को ज्यामिनडांडा घोयलपानी पिसिसि गोरेटो बाटो, डाङ्गडुङ्गे कालिका मन्दिर फिल्ड निर्माणको अनुगमन गरिएको छ ।

यस्तै वडा नम्बर ६ को भालडांडा टोलको गोरेटो बाटो पिसिसी, बसिबाङ्ग टोलको गोरेटो बाटो, पोखरामा खानेपानी टंकी मर्मत, गोरेटो बाटो पिसिसी र सडक बोर्डतर्फ भन्डारीकांडा मेल्चौर बसिबाङ्ग पोखरा माटे सडक मर्मतको अनुगमन समेत गरेको जनाएको छ

अनुगमनको क्रममा कतिपय काम उत्कृष्ट र राम्रा देखिए भने केही सुधार गर्नुपर्ने देखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिनुभयो ।

अनुगमन कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने नगरपालिकाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार