पत्रकार र प्रजिअ बिच साक्षात्कार

पत्रकार र प्रजिअ बिच साक्षात्कार

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त

मुसीकोट । भर्खरै सरुवा भएर आउनुभएका रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जिल्लास्थित पत्रकारहरुसँग साक्षात्कार गर्नुभएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा जिल्लामा क्रियाशिल पत्रकारहरुसँग साक्षात्कार गर्नुभएको हो ।

उक्त कार्यक्रममा प्रजिअ पन्तले समाजको हितका लागि मिडियाले सधै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले नागरिकलाई सहि सूचना दिन संचारकर्मीहरु अग्रसर हुनुपर्ने बताउनुभयो । पछिल्लो समय न्यु मिडिया (सामाजिक सञ्जाल) कै भरमा आउने कतिपय सन्देशहरुले पत्रकारिता क्षेत्रमा चुनौति थपेकोसमेत उहाँले बताउनुभयो ।

सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, सुशासन र दिगो विकासका लागि संचारकर्मीहरुको भूमिका उल्लेख्य हुने भएकोले पत्रकारहरुसँग समन्वयात्मक रुपले अगाडि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

जिल्लाबाट सहि र तथ्य सूचना सम्प्रेषणका लागि आफूले हरपल सहयोग गर्ने बताउनुहुँदै प्रजिअ पन्तले प्रशासन कार्यालयले यस अघि सञ्चालन गरेको सकारात्मक कार्यहरुलाई पछ्याउने जनाउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले जिल्लामा रहेका विभिन्न संचार माध्याम र पत्रकारिता क्षेत्रको अवस्था बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम जिएम, जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार