सर्वाधिक पुरस्कार रासिको दोश्रो हिरा डाँगी स्मृति कप फुटबल सुरु

सर्वाधिक पुरस्कार रासिको दोश्रो हिरा डाँगी स्मृति कप फुटबल सुरु

तुलसिपुर । दाङ तुलसिपुरको अरनिको मैदानमा आज सोमबार देखि दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ सुरु भएकोछ । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य माननीय प्रचण्ड बिक्रम न्यौपानेले गर्नु भएको हो ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै न्यौपानेले राष्ट्रको सान र गौरव लाई उच्च राख्ने एक मात्र दरिलो माध्यम खेलकुद भएको बताउनु भएकोछ । खेलकुद राष्ट्रको पहिचान हो,विश्वसामु राष्ट्र लाई चिनाउने माध्यम खेलकुदनै हो तर राज्यले खेलकुद क्षेत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो हुन सकेको छैन उहाँले भन्नुभयो । अब हामी खेलकुदको बिकासमा जुट्नु पर्ने समय आएकोछ देशका राजनितिक दल सरकार बनाउने र ढलाउनेमा लिप्त हुदा खेलक्षेत्र ओझेलमा परेको उहाँको धारणा थियो । आथै उहाँले स्थानिय स्तरको खेलकुदको बिकासका लागि आफू लागि पर्ने प्रतिवद्वता समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले खेलकुद स्वस्थ, अनुशासित नैतिक चरित्रवान नागरिक उत्पादन गर्ने थलो भएको बताउनु भएकोछ । अनुशासनको उच्च पालना गर्दै यसको आदर्शलाई आत्मसात गर्न पनि उहाँले आग्रह गर्नुभयो । साथै उहाँले फुटबल बिकासका हरेक गतिविधिमा संघ सहकार्य गर्न सदैव तयार रहेको बताउनु भयो । फाउन्डेसनका अध्यक्ष पोखर सिह डागिको अध्यक्षतामा भएको उद्घाटन समारोहमा फाउन्डेसनका संरक्षक मान बहादुर डागी, युवा परिषद दाङका अध्यक्ष ऋषि राज लहरे अरुण लगाएतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । फाउन्डेसनका सचिव केशव चौधरी मिग्माको स्वागत रहेको कार्यक्रमको संचालन फाउन्डेसनका सल्लाहकार लक्ष्मण बस्नेतले गर्नुभएको थियो ।

यसैबिच प्रतियोगिता अन्तरगत अज सम्पन्न उद्घाटन खेलमा टरिगाउ युवा क्लब तुलसिपुर १२ टरिगाउले बिजयी सुरुवात गरेकोछ । बडहरा फुटबल क्लब घोराही लाई सुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै टरिगाउँले बिजयी सुरुवात गरेको हो । उल्लेख्य दर्शकले भरिएको अरनिको मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको १२ औ मिनेटमा टरिगाउँका जर्सी न ९ का ब्रीजेश बिष्टले पहिलो गोल गर्दै टिमलाई एक सुन्यको अग्रता दिलाए भने ७३ औ मिनेटमा जर्सी न १० का सन्जु सेन ठकुरीले थप गोल गर्दै टिम लाई दुई सुन्यको जित दिलाउन सफल भए ।

खेलको म्यान अफ म्याच जर्सी न ११ सुजन राना म्यान अफ द म्याच घोषित भए । प्रतियोगीता अन्तरगत भोलि मंगलवार एसएसएफ र फोरब्रदर्श नवलपरासी भिड्नेछन् । खेल दिउँसो साढे दुई बजे देखि सुरु हुनेछ । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु-याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ८ टिमको सहभागिता रहकोछ। प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्र्फि र प्रमाणपत्र हात पार्ने छन । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएकोछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार