मुसिकोट । रुकुम पश्चिमको रुकुमेली क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । एन आई सी एशिया बैंक लिमिटेड रुकुम शाखाद्वारा आज विद्यार्थीहरुलाई बित्तिय साक्षता सम्बन्धि अभिमुखिकरण गरिएको हो ।
विद्यार्थीहरुलाई वित्तीय ज्ञान सीपबाट व्यावहारिक रुपमा सक्षम बनाउने उदेश्यले वित्तीय साक्षरता कार्यक्रम गरिएको जनाइएको छ । विद्यार्थीहरु मार्फत समाजमा वित्तीय चेतना फैलाउनको लागि (ग्लोबल मनि विक) कार्यक्रम अन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु लाई केन्द्रित गरेर बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकका प्रबन्धक ओमकार घर्ती मगरले जानकारी दिनुभयो ।
कार्यक्रमा वित्तीय साक्षरताको आवश्यकता, महत्व र डिजिटल बैकिङको बारेमा शाखा का अप्रेसन इन्चार्ज दिपक सिंह ऐरले जानकारी गराउनु भएको थियो ।
युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवद्र्धन र वित्तीय पहुँच विस्तारसँगै स्वरोजगारको सिर्जनाका आधार, उद्यमशीलताको विकास, आयस्तर अभिवृद्धि सहितका विषयलाई जागरण गराउन अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ ।
