बैशाख २६ काठमाडौ
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गठन गरेको संयुक्त स्वास्थ्य टोलीले १४ जिल्लाका ५ हजार ३ सयजनाको स्वाब संकलन गर्दैछ । यसका लागि सीसीएमसीकाे संयुक्त टाेली सम्बन्धित जिल्लाकाे लागि शुक्रबार नै हिंडेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको टोलीले उदयपुर, बारा, पर्सा र रौतहट, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, अर्घाखाची, रुपन्देही, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके र बर्दियामा तीन दिन स्वाब संकलन गर्नेछ ।
सीसीएमसीले शुक्रबार नै आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणहरु सहित सैनिक हेलिकोप्टर र सवारीसाधनबाट फरक–फरक टोली सम्बन्धित जिल्ला पठाएकाे हाे । यसरी संकलन भएको स्वाब परीक्षणका लागि सम्बन्धित स्वास्थ्य प्रयोगशाला पठाइने सीसीएमसीले जनाएको छ ।