भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने कृष्ण पहाडीलगायत पक्राउ

उजेली न्यूज
प्रकाशित मिति :

भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने कृष्ण पहाडीलगायत पक्राउ

वैशाख ३० काठमाडौं
भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर सडक निर्माण गरेको विरोध प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मी कृष्ण पहाडी लगायत पक्राउ परेका छन ।

लैनचौरस्थित भारतीय दूतावास अगाडि आज बिहान प्रदर्शन गर्ने पहाडी लगायतका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।अतिक्रमणविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको मानव अधिकार तथा शान्ति समाजका एक अभियन्ताले जानकारी दिए ।

प्रदर्शनमा उत्रिएकाहरूले ‘लिपुलेक सडक निर्माण तत्काल रोक’, ‘अतिक्रमण बन्द गर’ लगायत प्लेकार्ड बोकेर भारतीय रवैयाविरुद्ध प्रदर्शन गरेका थिए ।

भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर सडक निर्माण गरेपछि यसको आलोचना भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार