डिग्रे मन्दिर जान थालेको जीप दुर्घटनामा परेर दश जना घाईते

डिग्रे मन्दिर जान थालेको जीप दुर्घटनामा परेर दश जना घाईते

मुसिकोट । बिहिबार बिहान रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा बोलेरो जीप दुर्घटना हुँदा दश जना घाईते भएका छन् ।

जिल्लाको मुसीकोट नगरपालिका १ त्रिवेणी चोकदेखि वडा नम्वर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरको दर्शन गर्न जान थालेको भे १ च २७९६ नम्वरको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार जीप दुर्घटनामा परेर दश जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा मुसिकोट नगरपालिका ५ की १३ वर्षिया सरस्वती केसी, सोहि ठाउँकी ५५ बर्षिया लिला केसी, मुसिकोट १३ की ५० बर्षिया सुबि रोका, मुसीकोट नगरपालिका ३ की १३ बर्षिया सुजाता केसी, सोहि वडाकी १२ वर्षिया करिना केसी, सोहि वडा निवासी १४ वर्षिया दक्षिणा खड्का, ८ वर्षिया बर्षा केसी, मुसिकोट नगरपालिका १ की ३५ बर्षिया बिनिता केसी रहेका छन् ।

त्यसैगरी दांगको शान्तिनगर गाउँपालिका ४ निवासी २५ वर्षिया टिका ओली केसी र सोहि स्थानकी ३३ बर्षिया टिका केसी घाईते हुनुभएको प्रहरीले जनाएको छ ।
घाईते मध्य बर्षा केसीको अवस्था सिरियस रहेको बताईएको छ ।

प्रहरीका अनुसार उक्त जीपमा १२ जना सवार रहेकोमा अन्य दुई जना सकुशल रहेका छन् । घाईतेहरु सबैको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको छ ।

जिप स्टाट गर्ने क्रममा ब्रेकले काम नगरी ब्याक हुन जाँदा सडकबाट करिब ६ मिटर तल खसेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार