सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

रुकुम पूर्वमा एक जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर ५ की ४० वर्षीया छाँइ पुनलाई हेलिकोप्टर मार्फत उपचारका लागि आज दिउँसो सुर्खेत पठाइएको हो ।

सुत्केरी पछि पुनलाई रक्तस्राव भएको अस्पतालले जनाएको छ । रक्तस्राव नरोकिएपछि पुथा उत्तरगङ्गा गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा राष्ट्रपति महिला उत्थान (निःशुल्क हवाइ उद्धार सेवा) कार्यक्रम मार्फत हेलिकोप्टर झिकाएर सुत्केरी र शिशुलाई सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।

बुधबार दिउँसो देखि उक्त महिलालाई सुत्केरी व्यथा लागेको थियो । सुत्केरी महिलाको परिवारको भनाइ उद्धृत गर्र्दै पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले भन्नुभयो “व्यथा लागे लगत्तै स्वास्थ्य चौकी हुकाम भर्ना गरिएको थियो ।” लामो समय देखि सुत्केरी महिलालाई रक्तनली समस्याको बिरामी रहेको हुनाले स्वास्थ्य चौकी हुकामले रुकुमपूर्व अस्पतालमा पठाइएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार