मुसिकोट नगरपालिको १२ औं नगरसभा ठुलीदहमा

मुसिकोट नगरपालिको १२ औं नगरसभा ठुलीदहमा

मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको १२ औं नगरसभा ठुलीदहमा हुने भएको छ । यहि असार १० गते हुने नगरसभा पर्यटकिय स्थल ठुलिदहमा गर्ने नगरपालिकाले जनाएको छ ।

नगरसभामा आगामि आर्थिक वर्ष २०८०÷८१ को निति तथा कार्यक्रम र वजेट प्रस्तुत गर्ने निमिक्त प्रमुख प्रशासकीय अधिकृत विनाराम खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकामा रहेको पर्यटकिय स्थल ठुलीदहको प्रचार र प्रवृद्धनको लागि ठुलीदहमा नगरसभाको आयोजना गरिएको हो ।

नगरपालिका वडा नम्वर ७ मा रहेको ठेलीदह आन्तिरिक पर्यटकहरुको मुख्य रोजाईको ठाउँ हो । उक्त ठाउँ निकै मनमोह गरेको त्यहाँका स्थानीयहरुको भनाई छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार