विद्युतिय घटनाबाट बच्न प्राधिकरणको अनुरोध

विद्युतिय घटनाबाट बच्न प्राधिकरणको अनुरोध

मुसिकोट । पछिल्लो समय  रुकुम पश्चिममा विद्युतिय घटना बढ्दै गए पछि नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले सचेत रहन उपभोक्ताहरुलाई आग्रह गरेको छ ।

जिल्लाको विभिन्न स्थानमा पुरानो संरचना एवं नयाँ विद्युतीकरण भई लाईन संचालनमा रहेको र केहि स्थानमा लाईन विस्तार भैरहेको हुँदा विद्युत लाईनमा जडित पोल, तार, स्टे, ट्रान्सफर्मरको अर्थिङ नछुन प्राधिकरणले आग्रह गरेको छ ।

विभिन्न संरचनामा बर्षातको समयमा करेन्ट लिकेज हुने सम्भावना अत्याधिक हुने भएकाले उक्त संरचनाहरु नछुन अनुरोध गरिएको नेपाल विद्युुत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्र प्रमुख शिवजी प्रसाद साहले जानकारी दिनुभयो । बढ्दै गएको विधुत दुर्घटना हुन नदिन सम्पूर्ण अभिभावकहरु, राजनैतिक दल, नागरिक समाज, र सरोकारवालाहरुले आ–आफ्ना बालबालिका तथा परिवारका सदस्य हरुलाई विद्युत दुर्घटना सम्बन्धि जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

केन्द्र प्रमुुख साहका अनुसार कहिँ कतै लाईन तथा पोलमा जडित इन्सुलेटर पड्किएको, तार भुईमा खसेको, पोलमा आगो लागेको, पोल ढलेको, पोल तार माथि रुख बली परेको आदि थाहा पाएको खण्डमा प्राधिकरणको कार्यलय शेरीगाउँ तथा सम्वन्धित कर्मचारीलाई जानकारी दिन पनि अनुरोध गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार