चौरजहारीमा कर्णाली प्रदेश सभा सदस्य खड्का चढेको गाडि दुर्घटना, ९ जना घाइते

चौरजहारीमा कर्णाली प्रदेश सभा सदस्य खड्का चढेको गाडि दुर्घटना, ९ जना घाइते

मुसिकोट । रुकुम पश्चिमको चौरजहारीमा कर्णाली प्रदेश सभा सदस्य तथा प्रदेश मामिला समिति सभापति कल्याणी खड्का चढेको गाडि दुर्घटना भएको छ ।

आज दिउँसो ३ बजे चौरजहारी बजारबाट कोटजहारी तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको सरकारी गाडि चौरजहारी नगरपालिका वडा नम्बर ३ को माओवादी पार्टी कार्यालय नजिकै दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परेर खड्काको दबुै खुट्टामा चोट लागेको छ । दुर्घटनामा परी प्रदेश सभा सदस्य खड्का सहित ९ जना घाइते भएका छन् ।

घाईते हुुनेमा खड्काका स्वकिय सचिव चौरजहारी ७ का २७ वर्षिय हुकुम बिसी, सोही ठाउँकी ४१ वर्षिया बिनिता गुरुङ र ५१ वर्षिया सीता बिक, वडा नम्बर ९ की ५५ वर्षिय सुगन्धा मल्ल, सोही ठाउँका ५७ वर्षिय मदन खड्का र ५५ वर्षिया ललिता गुरुङ, वडा नम्बर १ का ३९ वर्षिया युवराज गिरी र वडा नम्बर ७ की ३५ वर्षिया नैनसरा बिक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

गाडि अनियन्त्रित भई सडकबाट अन्दाजी ४ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक झलकप्रसाद शर्माको नेतृत्वमा ७ जनाको प्रहरी टोली खटिएको थियो । घाइतेलाई उद्धार गरी चौरजहारी अस्पतालमा लिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

घाइते सबैको अवस्था सामान्य रहेको छ भने घाइते सबैको चौरजहारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार