त्रिवेणीको नवौ गाउँसभामा नीति तथा कार्यक्रम र बजेट बक्तव्य पेश

त्रिवेणीमा ५० करोड ९६ लाखको बजेट

त्रिवेणीको नवौ गाउँसभामा नीति तथा कार्यक्रम र बजेट बक्तव्य पेश

त्रिवेणीमा ५० करोड ९६ लाखको बजेट

त्रिवेणी । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम र बजेट गाउँ सभामा पेश गरेको छ । आईतबार त्रिवेणी गाउँपालिकाको सभा हल खारनेटामा आयोजित गाउँसभाको नवौै अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट बक्तव्य पेश गरिएको हो ।

गाउँपालिका अध्यक्ष गणेश कुमार केसीले नीति तथा कार्यक्रम र उपाध्यक्ष राज कुमारी रेउलेले बजेट बक्तव्य पेश गर्नुभएको हो । अध्यक्ष केसीले पालिका भित्र नमूना प्राविधिक विद्यालय स्थापना गरी दक्ष प्राविधिक जनशक्ति उत्पादन गरेर ‘एक वडा एक नमूना विद्यालय’ नीति कार्यान्वयन गरिने नीति तथा कार्यक्रम रहेको जानकारी दिनुभयो ।

त्यसैगरी आधारभूत तहमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरिने, कमाउँदै पढ्दै कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिने नीति तथा कार्यक्रम पेश गरिएको छ ।
अध्यक्ष केसीले ‘स्वस्थ गाउँपालिका, निरोगी गाउँपालिका’ भन्ने कुरा नाराका साथ स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम गर्ने योजना पेश गर्नुभएको छ ।

यसैगरी खानेपानी तथा सरफाई कार्यक्रम अन्तर्गत सर्वसुलभ र दिगो खानेपानी योजना निर्माण गरी आम नागरिकको पहुँच स्थापित गरिने, जनयुद्ध संग्राहलय निर्माण गर्ने, पर्यटन प्रवद्र्धनका लागि पार्क निर्माण गर्ने योजना रहेको छ ।

त्रिवेणीको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन मार्फत नागरिकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन बिभिन्न योजना सञ्चालन गर्ने नीति उल्लेख गरिएको छ ।

त्रिवेणीमा ५० करोड ९६ लाखको बजेट

गाउँसभाको नवौं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले आगामी आर्थिक वर्षका लागि बजेट बक्तव्य पेश गर्नुभएको छ । उपाध्यक्ष रेउलेले ५० करोड ९६ लाख ४० हजार ५ सय २२ रुपैयाँको बजेट बिनियोजन गरेको जानकारी गाउँसभामा राख्नुभएको छ ।

कुल विनियोजित बजेट मध्ये चालुतर्फ ३८ करोड ४ लाख २८ हजार अर्थात कुल बजेटको ७४.६५ प्रतिशत र पुँजीगत तर्फ कुल बजेट मध्य १२ करोड ९२ लाख १२ हजार ५ सय २२ रुपैयाँ अर्थात २५.३५ प्रतिशत बजेट बिनियोजन गरिएको छ ।

सभाको अवसरमा गाउँपालिका र वडामा कार्यरत उत्कृष्ट कर्मचारीहरु, जग्गादाता, शिक्षक र पत्रकार बलेन्द्र ओलीलाई सम्मान गरिएको थियो । नीति तथा कार्यक्रम र बजेट पेश पश्चात अहिले त्यसउपर छलफल चलिरहेको त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रेमबहादुर घर्तिले जानकारी दिनुभयो ।

गाउँसभाको नवौ अधिवेशको अध्यक्ष गाउँपालिका अध्यक्ष गणेश कुमार केसीले गर्नुभएको छ भने कर्णाली प्रदेशका मुख्य मन्त्री राजकुमार शर्माको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु लगायतको आतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार